पुलको नाम छनौट गर्न समिति

पोखरा न्यूज । सिंगल स्पान प्रबिधिमा बनेको संसारकै लामो पुलको नामाकरणका लागि पेश भएका नामहरुबाट उत्कृष्ट नाम छनौटका लागि बागलुङ नगरपालिकाले छनौट समिति गठन गरेको छ ।

बागलुङ नगरपालिका-१ बाङ्गेचौरबाट पर्वतको कुश्मा नगरपालिका-१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गेपुलको नामाकरणको लागि नगरपालिकाले सार्वजनिक सूचना गरेको थियो । सूचनाका आधारमा प्राप्त भएका नाम मध्येबाट आर्थिक सांकृतिक र अन्तराष्ट्रिय महत्व झल्कने हिसावले उपयुक्त तीनवटा नाम सिफारीस गर्नका लागि नगरले सिफारीस समिति बनाएको हो ।

नामाकरण गर्नेलाई २५ हजार रुपैयाँ पुरस्कार दिईने नगरप्रमुख जनकराज पौडेलले बताए । सिफारीस समितिको संयोजकमा नगर उपप्रमुख सुरेन्द्र खड्का रहेका छन् । समितिको सदस्यहरुमा सह-प्रध्यापक बिष्णु प्रसाद मैत्रेय, देवबहादुर श्रेष्ठ , पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, कुश्मा नगरपालिका-१ का अध्यक्ष देवेन्द्र सुवेदी र नगरका सूचना अधिकारी युक्त प्रसाद सुवेदी रहेका छन् । नगरले सार्वजनिक गरेको सूचनाका आधारमा अनलाईन र कार्यालय मार्फत दर्जनौं नामहरु प्राप्त भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button