जसपाका माग सम्बोधन गर्न प्रधानमन्त्री ओली सकारात्मक

पोखरा न्यूज सम्वाददाता । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफूहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिनुभएको बताउनुभएको छ ।

सिंहदरबारमा बुधबार प्रतिक्रिया दिदै उहाँले संविधान संसोधन, नागरिकता लगायत जसपाले उठाउदै आएका मुद्दाहरुलाई सबैधानिक र कानूनीबाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री सकारात्मक देखिनुभएको बताउनुभएको हो । राजनीतिक दलहरुबीच सरकार गठनको कसरत चलिरहेका बेला जसपाका नेता कर्णले आफूहरुका मागमा प्रधानमन्त्री ओली सकारात्मक देखिनुभएको बताउनुभएको हो । प्रतिनिधिसभा पुर्नस्थापना लगत्तै सर्वोच्च अदालतको फैसलाबाट एकिकरण भएका वामघटकहरु पुर्व नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेकपा एमालेमा फर्किएपछि दलहरुबीच सरकार गठनको कसरत तिब्र बनेको छ । उहाँले संबै दलहरुसंग छलफल चलिरहेकाले कार्यकारीणी समितिमा छलफल गरेपछि पार्टीले त्यसबारे अन्तिम निर्णय लिने बताउनुभयो ।

जसपाको नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको हो ? भन्ने जिज्ञासामा उहाँले वर्तमान अवस्थामा जसपाको नेतृत्वमा सरकार बनाउन नहुने तर्क गर्नुभयो । सरकारमा सहभागी हुनु, समर्थन गर्नु र सरकारको नेतृत्व नै लिने विषय भिन्न भिन्न भएको भन्दै उहाँले अरु दलको आडलिएर नेतृत्वमा पुग्न नहुने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो “जसपाले अहिलेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउन हुदैन । यो मेरो व्यक्तिगत धारणा हो । यो सरकार अरुको हत्केलामा हुन्छ । अरुको हत्केलामा भएको सरकार जुन बेला पल्टाईदिन्छ, त्यो बेला साफ हुन्छ । त्यसकारणले सरकारमा जानु अलग हो । सरकारलाई समर्थन गर्नु अलग हो । र सरकारै चलाउने विषय झन अलग हो । यसको लागि पार्टीले भने त मेरो विचार काम लाग्दैन । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button