कन्चन क्यापिटल कपको उपाधि पोखरा क्रिकेट एकेडेमीलाई

पोखरा न्यूज । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा सञ्चालित इण्डो नेपाल कन्चन क्यापिटल कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक पोखरा क्रिकेट एकेडेमीले जितेको छ ।

पोखरा रंगशालामा बुधबार भएको फाईनल खेलमा पोखरा क्रिकेट एकेडेमीले सरगुजा क्रिकेट एकेडेमी भारतलाई २० रनले पराजित गर्दै उपाधि आफनो नाममा लेखाएको हो ।टस जितेर व्याटिङ गरेको पोखरा क्रिकेट एकेडेमीले विकास अधिकारीको ३४ रनको महत्वपूर्ण योगदानमा १४६ रनको लक्ष्य तयार गर्यो । सोहेल कुँवरले २५ बल खेल्दै २२ रनको इनिङ खेले । कृष्ण पौडेलले पनि ३३ रनको पारी खेल्दै प्रतिस्पर्धात्मक लक्ष्य तर्फ उन्मुख बनाएका थिए ।

सरगुजा क्रिकेट एकेडेमीका बलर अन्सुमन कँुवरले ४ ओभरमा ३ विकेट लिए । शुभम सिंहले २ विकेट लिदाँ जितेन्द्र चौधरीले पनि समान २ विकेट नै आफनो नाममा लेखाएका थिए ।१४७ रनको जीतको लक्ष्य पछ्याएको सरगुजा भने १२० रनमै समेटियो । विकास विश्वकर्माले ६६ रनको पारी खेलेपनि जीतसम्म डोहोर्याउने भने सकेनन् । उनले ६३ बल खेल्दै उत्कृष्ट पारी खेल्दै गतिलो शुरुवाति दिलाएका थिए ।

अन्सुमन सिंहले पनि १५ बलमा २६ रनको योगदान दिए । जितेन्द्र चौधरीले २२ बलमा २९ रनको योगदान दिएका थिए । यद्यपि जीतको हकदार बन्नबाट भने चुके । पोखरा क्रिकेट एकेडेमीका बलर विपीन खत्रीले ४ ओभर बलिङ गर्दै ३ विकेट लिए । भारतका तीन र पोखराको १ गरी चारवटा एकेडेमीले उपाधिको लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितालाई मुख्य प्रायोजन गरेको कन्चन क्यापिटलका प्रबन्ध निर्देशक विमलमान गुभाजूले ट्रफी प्रदान गरेका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button