बालुवा लोड भएको ट्रिपर दुर्घटनामा लमजुङका युवाकाे मृत्यु

पोखरा न्यूज । ताप्लेजुङ जिल्लाकाे पाथिभरा याङबरक गाऊपालिका ४ डुम्रिसे स्थित थुम्बेदिन डुम्रिसे सडक खण्डमा भएको ट्रिपर दुर्घटनाबाट १ जनाको मृत्यु र २ जना घाइते भएका छन् ।

सोमबार राती १० बजे प्रदेश ३-०१-०५ ख ९२७१ नम्बरको बालुवा लोड भएको ट्रिपर बाटो मोड्ने क्रममा अनियन्त्रित भइ सडकबाट अन्दाजी २०/२५ मिटर तल खसि दुर्घटना हुँदा ट्रिपर चालक सिन्धुली कमलमाइ ४ बस्ने २४ बर्षीय याम कुमार बिक, सहचालक लमजुङ दोर्दि ६ किर्ती गाँउ बस्ने १८ बर्षीय कृष्ण बिक र ताप्लेजुङ पाथिभरा याङबरक २ थेचम्बु बस्ने २० बर्षीय मन्दिप लिम्बु घाइते भएका थिए ।

घाइते मध्ये कृष्ण बिकको उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा राती ११ बजे मृत्यु भएको  प्रहरीले जानकारी दिएकाे छ । अन्य २ जना घाइतेको बीएण्डबी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button