आजको राशिफल : चैत्र २९ गते आइतबार

पोखरा न्यूज, वीरेन्द्र सापकोटा । आज मितिः २०७७–चैत्र–२९, आइतबार, नेपाल सम्वत् ११४१, तदनुसार अप्रिल महिनाको ११, २०२१, चैत्रकृष्णपक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः चतुर्दशी पर अमावास्या, नक्षत्रः उ.भा., योगः ऐन्द्रम्, करणः चतुष्पाद, आनन्दादी योग ः स्थिर

चन्द्रमाः मीन, सूर्यः मीन, अयनः उत्तरायण

सूर्योदयः ५ः४६

सूर्यास्तः १८ः२६

आजको राशिफलः

मेष. तपाईँको लागि आजको दिन सन्तोषपूर्वक बित्ने देखिन्छ । आफन्त तथा साथीभाइसँगको संगतले दिन उल्लासपूर्वक वातावरणमा व्यतीत हुनेछ । आर्थिक कारोबारमा सफलता मिल्नेछ ।

वृष. तपाइको आजको दिन राम्रो रहेको छ । सोच विचार गरेर गरेका काममा सफलताका साथै पूर्णता मिल्नेछ । स्वास्थ्यमा सुधार आउँदा मन भने प्रसन्न हुनेछ । गरेका काम सफलतापूर्वक सम्पन्न हुनेछन् ।

मिथुन. तपाइको आजको दिन राम्रो रहेको छैन । आर्थिक कारोबारमा असफलता हात लाग्दा । मनमा खिन्नता आउने भने काममा अवरोध सृजना हुनेछ स्वास्थ्यले साथ नदिँदा आफन्तसँग झैझगडाको अवस्था आउनेछ ।

कर्कट. तपाइको आजको दिनमा उन्नति प्रगतिका साथै मान–सम्मान र इज्जत प्राप्त गर्ने अवसर आउनेछ । नयाँ–नयाँ आर्थिक कारोबारमा हात हाल्ने मन जाग्दा साथीभाइको सहयोग मिल्नेछ । समग्रमा दैनिकी सफलताका साथ व्यतीत हुनेछ ।

सिंह. तपाइको आजको दिन राम्रो छैन । झैझगडाको सम्भावना देखिएको छ भने दुर्घटना तथा चोटपटकको सम्भावना पनि उत्तिकै रहेको छ । आजको दिनमा तपाईँले सतर्कता अपनाउनु नै राम्रो हुनेछ ।

कन्या. आजको दिनमा तपाइले मान सम्मान प्राप्त गर्ने सम्भावना रहेको छ । काममा सफलता मिल्दा नयाँ–नयाँ काममा मन जानेछ । इष्टमित्र तथा साथीभाइको सहयोगले काममा सफलता मिल्नेछ ।

तुला.स्वास्थ्यमा समस्या आउँदा भइसकेका काममा अवरोध हुन सक्ने सम्भावना देखिन्छ । मनमा अनेकानेक शङ्का उपशङ्काले घेर्नेछ । आफ्नाले धोका दिँदा मन टुट्नेछ । गरेको कार्यमा व्यवधान ल्याउन नजिकका व्यक्तिहरू सक्रिय हुनेछन् ।

वृश्चिक तपाइको आजको दिन राम्रो छ भन्न सकिन्छ । मन प्रफुल्ल हुनेछ । आर्थिक कारोबारमा नसोचेका सफलता प्राप्ति हुनेछ । आत्मबल दरिलो हुनेछ । सवारी साधनले पनि फाइदा पु¥याउनेछ ।

धनु. तपाइको आजको दिन उधारो नगद उठ्नेछ । शत्रुहरूले पनि मित्रताको भावना जागृत गराउनेछन् । बिग्रिसकेको काममा नसोचेको सफलता प्राप्ति हुनेछ । स्वास्थ्यले साथ दिँदा अधुरा काममा पूर्णता हुने सङ्केत पनि उत्तिकै रहेको छ ।

मकर. बेरोजगार भए रोजगार र रोजगारी भए पद प्रतिष्ठामा वृद्धि हुने योग आजको दिनमा रहेको छ । जसको सुरुवात तपाइ स्वयंले गर्नुपर्ने हुन्छ । शत्रु पराजित हुनेछन् । थोरै विचार र बुद्धिको प्रयोग भएमा कार्य सफलताको बाटोमा जानेछ ।

कुम्भ. तपाइको आजको दिन राम्रो देखिँदैन । चाहना भएका कुराहरूमा बाधा व्यवधान आउने छन् । आर्थिक कारोबारमा होसियारी नपु¥याए डुबाइदिने सम्भावना पनि उत्तिकै देखिन्छ । स्वास्थ्यले साथ दिनेछैन ।

मीन. तपाईँको आजको दिन ससम्मान पूर्वक बित्नेछ । आँटेका काममा सफलता प्राप्ति हुँदा मन प्रसन्न रहनेछ आजको दिनमा पद प्रतिष्ठा बढेर जानेछ भने परिवारको साथले हरेक काम कारबाहीमा सफलता प्राप्ति हुनेछ ।

वीरेन्द्र सापकोटा, पोखरा 

सम्पर्क ९८५६०३१४८६

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button