उद्योग वाणिज्य सङ्घ दमौलीमा भूपाल

पोखरा न्यूज । तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइको अध्यक्षमा भूपाल आले निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाअनुसार आले एकाइ अध्यक्षमा निर्वाचित हुनुभएको हो । नयाँ नेतृत्व चयनका लागि शनिबार दिउँसो मतदान भएको थियो । एक हजार ८५ मध्ये ८३५ ले मतदानमा सहभागिता जनाएका थिए ।

आले २७२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको निवर्तमान अध्यक्ष राजकुमार श्रेष्ठ (राकु) ले जानकारी दिनुभयो । अध्यक्षका प्रतिस्पर्धी सुकनारायण मल्लले २२८, दधिराज घिमिरेले २०९ र विन्दु श्रेष्ठले १०३ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी एकाइ उपाध्यक्षमा राजेश मल्ल निर्वाचित हुनुभएको छ । उहाँले ५४१ मत प्राप्त गर्दा प्रतिस्पर्धी विजयराज पौडेलले १९५ मत प्राप्त गर्नुभएको छ । एकाइ कोषाध्यक्षमा किनकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँले २५८ मत प्राप्त गर्नुभयो । प्रतिस्पर्धी भरतकुमार श्रेष्ठले २३९, अन्जु दाहालले २०५ र हर्षमान श्रेष्ठले ८६ मत प्राप्त गर्नुभयो ।

जिल्ला प्रतिनिधिमा महेश मल्ल ६०९, रमेश श्रेष्ठ ५४४, एकप्रसाद श्रेष्ठ ५४९, किशोर श्रेष्ठ ५३६ र प्रकाशचन्द्र हड्खले ५२६ मत प्राप्त गरी विजयी हुनुभएको छ । एकाइ सदस्यमा भरत पराजुली (४९४), विष्णुकुमार श्रेष्ठ (५२८), ब्रजेश शाह (५५९), दिलबहादुर दरै (६०५), दीपक राई (४४८), कमल गिरी (५३३), लालप्रसाद प्रधान (५१५), महमद सलिम मियाँ (६०८), नारायण मल्ल (५८१), प्रकाश श्रेष्ठ (५६९), राजेन्द्र श्रेष्ठ (५१९), राजकुमार श्रेष्ठ (५२९), सुनिल श्रेष्ठ (५७६) र युवराज भण्डारी (४९०) मत प्राप्त गरी विजयी हुनुभएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button