पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता

पोखरा न्यूज । पौडी खेल्ने क्रममा डुबेर बुधबार एक युवकको ज्यान गएको छ भने एक बेपत्ता भएका छन् ।

लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका ३ थाकन स्थित हावा खोलामा पौडी खेल्ने क्रममा डुबेर अन्दाजी १६/१७ वर्षको बालकको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

बुधबार दिउसो ३ बजे भएको घटनामा अर्का एक व्यक्ति बेपत्ता भएको र खोजी कार्य जारी रहेको प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले जनाउनुभयो ।

मृतक र बेपत्ता भएकाहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button