एमालेबाटै फ्लोर क्रश भएपछि मुख्यमन्त्री शाही जोगिए, यी हुन् एमालेको ह्वीप नमान्ने ४ सांसद

पोखरा न्यूज ।  एमालेबाट माधव नेपाल पक्षका ४ सांसदले ‘फ्लोर क्रश’ गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार जोगिएको छ ।

एमालेबाट प्रकाश ज्वाला, अम्बर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले मुख्यमन्त्री शाहीको विश्वासको मतको पक्षमा मतदान गरेका हुन् । प्रकाश ज्वाला कर्णालीमा माधव नेपाल पक्षका शीर्ष नेता हुन् ।

मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा आर्थिक मामिला मन्त्री समेत रहेका ज्वालाले केही दिनअघि मात्र राजीनामा दिएका थिए ।
कर्णाली प्रदेश सभामा एमाले संसदीय दलका नेता यामलाल कंडेलले यसलाई आपराधिक गतिविधिको संज्ञा दिए । ‘राजनीतिकरूपमा निर्णय गर्न सकिन्थ्यो, यो आपराधिक कुरा हो । आफ्नो भविष्य आफैंले नदेखेको कुरा हो,’ कंडेलले भने ।

शुक्रवार बसेको कर्णाली प्रदेश सभा बैठकमा भएको मत विभाजनमा मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको थियो ।

माओवादी केन्द्रका १२ र कांग्रेसका ६ सांसदको मत उनका लागि सुनिश्चित देखिए पनि एमालेबाट ४ मत चोर्न मुख्यमन्त्री शाही सफल भएका हुन् ।

एमालेले मुख्यमन्त्री शाहीको विश्वासको मतका विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको थियो । हाल ३९ सदस्य कायम रहेको कर्णाली प्रदेश सभामा एमाले एक्लैका २० सांसद छन् ।

एमालेका सांसदको समर्थनविना शाही नेतृत्वको सरकार जोगिन सम्भव नै थिएन ।

लोकान्तरको सहयोगमा :कर्णालीमा नेपाल पक्षीय नेतृत्वबाटै ‘प्लोर क्रश’, यी हुन् एमालेको ह्वीप नमान्ने ४ सांसद

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button