तुलसी क्षेत्री र प्रदिप त्रिपाठीको ‘रोधी घर’ सार्वजनिक (भिडियो सहित)

पोखरा न्यूज सम्वाददाता । लोक दोहोरी गायिका तुलसी क्षेत्री र लोक दोहोरी गायक प्रदिप त्रिपाठीको आवाजमा रहेको नयाँ लोक दोहोरी गीत ‘रोधी घर’ सार्वजनिक भएको छ । तुलसी क्षेत्रीको शब्द रहेको गीतमा लय सिर्जना प्रदिप त्रिपाठीले गर्नुभएको छ । २०६८ सालमा ‘वैश जोवनमै’ गीत मार्फत सांगीतिक क्षेत्रमा औपचारिक आगमन गर्नुभएकी तुलसी र २०६४ सालमा ‘रुन्छु बाह्रै महिना’ बोलको गीतमार्फत औपचारिक यात्रा गर्नुभएका प्रदिप दुवैजना सांगीतिक क्षेत्रमा निरन्तर क्रियाशील हुनुहुन्छ । नयाँ गीतमार्फत दर्शक श्रोताको माया पाउनेमा उहाँहरु आशावादी हुनुहुन्छ । निरन्तर सांगीतिक क्षेत्रमा क्रियाशील बन्ने उहाँहरुको योजना हो ।

विनोद बाजुरालीले एरेन्ज गरेको गीतको मिक्सिङ खड्क बाजुरालीले गर्नुभएको छ । गीत मालाश्री काठमाण्डौं र डिजिटल स्टार पोखरामा रेकर्ड भएको हो ।

पोखराको न्युरोडमा हालै सञ्चालनमा आएको ससुराली रोधी एण्ड रेष्टुरेन्टमा छायाकंन भएको भिडियोलाई आर्कषक बनाउने प्रयास गरिएको छ । भिडियोमा मुख्य अभिनय जिसी र त्रिपाठीकै रहेको छ । दुवैजनामा अभिनय सम्बन्धी अनुभव रहेको छ । तुलसीले नेपाली फिल्म अग्निदहन, ‘क्या बात छ’ र ‘यस्तो पो वडाध्यक्ष’ मा अभिनय गर्नुभएको छ । दोहोरी साँझमा प्रस्तुति राखेको लामो अनुभव संगाल्नुभएको दुवैजनाले भिडियो मार्फत दर्शकलाई दोहोरी साँझमा नै पुगेको अनुभव गराउन खोज्नुभएको छ ।
होम गुरुङले निर्देशन गरेको भिडियोमा क्रियटिभ हेडको जिम्मेवारी सविन गुरुङले पूरा गर्नुभएको छ । भिडियो सम्पादन तथा रंग संयोजनमा सुवास अम्गाईको मेहनत हेर्न सकिन्छ । फलानो क्रियसनमा पोष्ट प्रोडक्सन भएको भिडियोको छायाकंन गणेश सापकोटाले गर्नुभएको हो ।

जिसी इन्टरटेन्मेन्ट नेपालको प्रस्तुतिमा तयार भएको भिडियो जिसी इन्टरटेन्मेन्ट नेपालकै युट्युब च्यानल मार्फत हालै सार्वजनिक भएको हो ।
भिडियो लिंक

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button