कोभिडको बिरामीलाई आवश्यक औषधिकाे बढी मुल्य लिनेलाई कडा कारबाही गरिने

पोखरा न्यूज सम्वाददाता । कोभिडको बिरामीलाई आवश्यक औषधि मानिएको रेम्डेसिभिरको कार्टेलिङ गर्ने, लुकाउने, बढी मुल्य लिनेलाई विभागले कडा कारबाही गर्ने भएको छ ।

मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको कोभिड १९ सम्बन्धी उपसमितिको छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले रेम्डेसिभिरको सहज पहुँचको लागि बजार अनुगमन कडा बनाइएको बताउनुभयो । कुनै बिक्रेताले औषधिको मुल्य लगायतको विक्रिमा अवैध काम गरे लाइसेन्स रद्द गराउनेसम्मको कारबाही गर्न सकिने महानिर्देशक भट्टराईले बताउनुभयो । बजारमा अलिअलि अभाव भएपनि आपुर्ति नियमित गर्न ३ हजार भाइल रेम्डेसिभिर बनारसबाट मगाइएको बताउनुभयो ।

कोभिड अस्पतालको मागको आधारमा आवश्यक रेम्डेसिभिर र अत्यावश्यक औषधिको व्यवस्थापन गर्न विभागले सबै पक्षसँग समन्वय गरेर काम गरिरहेको महानिर्देशक भट्टराईको भनाई छ । विभागले ५५ हजार रेम्डेसिभिर ल्याउन आयातकर्ताहरुलाई अनुमति दिएको बताएको छ । औषधिको अभावमा कोही बिरामी मर्नु नपरोस् भनेर काम गरिरहेको महानिर्देशक भट्टराईले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button