पोखराका अस्पतालमा उपचाररत ७ सहित प्रदेशमा १० जना कोरोना संक्रमितको निधन

पोखरा न्यूज । पछिल्लाे २४ घण्टामा पाेखराका अस्पतालमा ७, गण्डकी प्रदेशका अन्य जिल्लाका अस्पतालमा २ र हाेम आइसोलेसनमा १ जना गरी १० जना काेराेना संक्रमितहरु निधन भएको छ ।

कास्की जिल्लाकाे पाेखरा महानगरपालिका–१३ का ८७ वर्षीय पुरुषकाे आज बिहान ७ बजे हाेम आइसोलेसनमा निधन भएकाे छ । उहाँलाई बैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पाेखरा महानगरपालिका–७ का ६७ वर्षीय पुरुषकाे हिजाे दिउसाे सवा २ बजे मणिपाल शिक्षण अस्पताल पाेखरामा उपचारकाे क्रममा निधन भएकाे छ । उहाँलाई बैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जा जिल्लाकाे फेदीखोला गाँउपालिका–९ की ६२ वर्षीया महिलाकाे हिजाे बेलुका पाैने ७ बजे गण्डकी मेडिकल कलेज पाेखरामा उपचारकाे क्रममा निधन भएकाे छ । उहाँलाई बैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जा जिल्लाकाे गल्याङ नगरपालिका–३ का ८४ वर्षीय पुरुषकाे हिजाे बेलुका पाैने ९ बजे चरक मेमाेरियल अस्पताल पाेखरामा उपचारकाे क्रममा निधन भएकाे छ । उहाँलाई बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

म्याग्दी जिल्लाकाे  धाैलागिरी गाँउपालिका–२ की ३७ वर्षीय पुरुषकाे आज बिहान साढे ७ बजे गण्डकी मेडिकल कलेज पाेखरामा उपचारकाे क्रममा निधन भएकाे छ । उहाँलाई बैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

रुपन्देही जिल्लाकाे  बुटवल नगरपालिका–१ की ३४ वर्षीय पुरुषकाे आज बिहान ८ बजे फिस्टेल अस्पताल पाेखरामा उपचारकाे क्रममा निधन भएकाे छ । उहाँलाई बैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पर्वत जिल्लाकाे  कुश्मा नगरपालिका–१ का ४७ वर्षीय पुरुषकाे हिजाे १ बजे धाैलागिरी बाग्लुङमा उपचारकाे क्रममा निधन भएकाे छ । उहाँलाई बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

तनहुँ जिल्लाकाे भानु नगरपालिका–१ की ६५ वर्षीय पुरुषकाे हिजाे  ७ बजे दमाैली अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे छ । उहाँलाई बैशाख हिजाे नै  कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जा जिल्लाकाे वालिङ नगरपालिका–१ का ६४ वर्षीय महिलाकाे आज  चरक मेमाेरियल अस्पताल पाेखरामा उपचारकाे क्रममा निधन भएकाे छ । उहाँलाई बैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जा जिल्लाकाे हरिनास गाँउपालिका–४ का ५५ वर्षीय महिलाकाे आज मणिपाल शिक्षण अस्पताल पाेखरामा उपचारकाे क्रममा निधन भएकाे छ । उहाँलाई बैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

थप १० जनापछि गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २७५ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

यसअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारकाे क्रममा  पर्वत जिल्लाको कुश्मा नगरपालिका–४ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान निधन भएको हो । त्यसैगरी बेनीको अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको हिजो दिउँसो निधन भएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button