पोखराका अस्पतालमा १५ र बाग्लुङमा १ को काेराेना संक्रमणका कारण निधन

पोखरा न्यूज । पोखराका विभिन्न अस्पतालमा १५ जना र बाग्लुङमा १ जना गरी १६ जना कोरोना संक्रमितहरुको पछिल्लो २४ घण्टामा निधन भएको छ । थप १६ जना संक्रमितको निधनपछि प्रदेशमा मृतकहरुको संख्या ३०४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय जनाएको छ ।

गोरखा पालुङटार नगरपालिका–९ का ३३ वर्षीय पुरुषको आज मध्यरातमा गण्डकी मेडिकल कलेजमा निधन भएको छ । उहाँलाई बैशाख २५ गते संक्रमण पुष्टि भएको हो ।

कास्कीको पोखरा महानगरपालिका–१ की ४९ वर्षीया महिलाको आज ग्यालेक्सी अस्पताल पोखरामा निधन भएको छ । उहाँलाई बैशाख २३ गते संक्रमण पुष्टि भएको थियो ।

तनहुँको शुक्ला गण्डकी नगरपालिका–६ का ६२ वर्षीय पुरुषको आज बिहान फिस्टेल अस्पतालमा निधन भएको छ । उहालाई हिजो संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१ क ५२ वर्षीय पुरुषको हिजो बिहान मणिपालमा निधन भएको हो । उहाँलाई हिजो नै संक्रमण पुष्टि भएको हो ।

शुक्ला गण्डकी नगरपालिका–७ का ५५ वर्षीय पुरुषको आज बिहान मणिपालमा निधन भएको छ । उहाँलाई बैशाख २४ गते संक्रमण पुष्टि भएको हो ।

म्याग्दीको रघुगंगा गाँउपालिकाा–२ की ३६ वर्षीया महिलाको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आज दिउसो निधन भएको छ । उहाँलाई बैशाख १८ गते संक्रमण पुष्टि भएको थियो ।

म्याग्दीको मंगला गाँउपालिका–४ का ७६ वर्षीय पुरुषको आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको छ । उहाँलाई बैशाख २७ गते संक्रमण पुष्टि भएको थियो ।

दाङको लमही नगरपालिका–५ का ९० वर्षीय पुरुषको आज बिहान चरक मेमोरियल अस्पताल पोखरामा निधन भएको छ । उहाँलाई बैशाख २३ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–३२ की ४८ वर्षीय महिलाको आज मध्यरातमा गण्डकी मेडिकल कलेजमा निधन भएको छ । उहाँलाई बैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१४ की ८६ वर्षीया महिलाको आज दिउसो ग्यालेक्सी अस्पतालमा निधन भएको छ । उहाँलाई बैशाख २५ गते संक्रमण देखिएको थियो ।

पोखरा महानगरपालिका–८ की ८५ वर्षीया महिलाको आज दिउसो ग्यालेक्सी अस्पतालमा निधन भएको छ । उहाँलाई बैशाख २७ गते संक्रमण देखिएको थियो ।

बाग्लुङको ढोरपाटन नगरपालिका–४ की ६६ वर्षीय महिलाको आज बिहान धौलागिरी अस्पताल बाग्लुङमा निधन भएको छ । उहाँलाई हिजो संक्रमण पुष्टि भएको थियो ।

म्याग्दीको बेनी नगरपालिका–९ की ३९ वर्षीया महिलाको अस्ति राति मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । उहाँलाई बैशाख २७ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–९ की ६४ वर्षीय महिलाको हिजो बिहाान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ । उहाँलाई बैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१२ का ४५ वर्षीय पुरुषको हिजो बिहान सोही प्रतिष्ठानमा निधन भएको छ । उहाँलाई पनि बैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।

तनहुँको व्यास नगरपालिका–१ की ३५ वर्षीय महिलाको हिजो दिउसो सोही प्रतिष्ठानमा निधन भएको हो । उहाँलाई हिजो नै कोराना संक्रमण पुष्टि भएको हो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button