मोना कतारको खेलकुद विभाग गठन, संयोजकमा भीम

तिलु शर्मा पौडेल, दोहा कतार । कतारमा रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले आफ्नो संस्थाको खेलकुद विभाग बिस्तार गरेको छ । संस्थाका अध्यक्ष नरेन्द्र फगामीको सभापतित्वमा सम्पन्न कार्यक्रमबाट उक्त विभाग बिस्तार गरिएको हो । कतारमा हुने भलिबल प्रतियोगितामा म्याग्देली टिमको दबदबा सधैँ रहने गरेको छ ।

जिल्लाको पहिचान, सुस्वास्थ्य पनि रहने र प्रवासमा एक सूत्रमा बाँध्न पनि सकिने हुदॉ खेलकुद विभागको अपरिहार्यता रहेको फगामीले बताउनु भयो । भीम परियारको संयोजकत्वमा गठित मोना टिमको कप्तानको जिम्मेवारी बिरु विश्वकर्मालाई सुम्पिइएको छ भने कोषाध्यक्षमा प्रेम शेरचन, सह कोषाध्यक्ष राम बाबु , सचिव विपिन मल्ल, सदस्यहरू अमिक मल्ल, रामचन्द्र खड्का, किसान परियार, जयन्द्र खत्री र कृष्ण चोखाल रहेका छन् भने सल्लाहकारमा सुरेश चोखाल चयन हुनु भएको छ ।

आफूले भलिबललाई जीवनको अभिन्न अङ्गको रूपमा लिएको र म्याग्दीको खेलाडीको रूपमा केही परिचय थप्न पाएकोमा आफुलाई खुसी लागेको संयोजक परियारले बताउनु भयो । कार्यक्रममा बोल्दै परियारले कतारमा रहेका नयाँ तथा पुराना सबै खेलाडी सम्पर्कमा आउन र एकताबद्ध भएर अगाडि बढन समेत आग्रह गर्नु भयो । हामीले नयाँ पुराना नभनी सबै खेलाडीलाई समान स्थान दिने र एउटा मात्र टिममा नअटेको खण्डमा दुई तीनवटा टिम बनाएर अगाडि बढन सकिने भनाइ टिमका कप्तान बिरुको छ । बिरुका अनुसार खेलकुद विभागलाई थप विस्तारसँगै नयाँ नयाँ खेलाडीहरूलाई स्थान दिइने बताउनु भयो ।

नव गठित विभागले मोना कतारले सञ्चालन गरेको गृह जिल्लामा अक्सिजन लगायतका अति आवश्यक सामाग्रीहरू पठाऔँ, बिरामी तथा आफन्तको उद्धार गरी ज्यान बचाऔँ” भन्ने अभियानमा नगद ५० हजार रुपैयाँ सहयोग समेत गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button