गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री मनाङेले दिए राजीनामा

पोखरा न्यूज । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिनुभएको छ ।

उहाँले बिहीबार राती राजीनामा दिनुभएको हो ।

लगत्तै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री गुरुङलाई बर्खास्त गर्नुभएको छ । बिहीबार राती नै मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुखलाई पत्र पठाएर सो को जानकारी गराउनुभएको हो ।

बुधबार बेलुकाबाट सम्पर्कबिहीन हुनुभएका भनिएका मन्त्री गुरुङ बिहीबार मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत लिने बेलामा संसदमा उपस्थित हुनुभएको थिएन ।

मनाङेले आफुँ पोखराको साङग्रिला रिसोर्टमा बसेको जानकारी दिनुभएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button