राजीनामा पत्र लेखेका मन्त्री मनाङे बर्खास्त

पोखरा न्यूज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई बर्खास्त गर्नुभएको छ ।

बिहीबार राती राजीनामा पत्र लेखेका मन्त्री मनाङेलाई लगत्तै पत्र मार्फत पदबाट बर्खास्त गरेको जानकारी मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुखलाई गराउनुभएको हो ।

मुख्यमन्त्री गुरुङले मनाङेलाई पदबाट बर्खास्त गरेपछि युवा तथा खेलकुद मन्त्रालय आफैं सँग राख्नुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button