मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पुनः दाबी

पाेखरा न्यूज । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पुनः दाबी गर्नुभएकाे छ ।

जनता समाजवादी पार्टी (जसपा)  र राष्ट्रिय जनमोर्चाले समर्थन गरेकाे पत्र प्रदेश प्रमूख समक्ष पेश गर्दै उहाँले  मुख्यमन्त्रीमा दाबी गर्नुभएकाे छ ।

प्रदेशमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको दाबीसहित नेपाली काँग्रेसका सांसद कृष्णचन्द्र नेपालीले हिजाे ३१ सांसदसहित प्रदेश प्रमुखको कार्यालयमा दावी पेश गर्नुभएकाे थियाे ।

काँग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद र स्वतन्त्र सांसद दीपक मनाङेसहितको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश गर्न काँग्रेस संसदीय दलका नेता नेपाली प्रदेशप्रमुख समक्ष जानुभएको हो ।

प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमूखले आज ३ बजेसम्मकाे समय दिनुभएकाे थियाे ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button