कास्कीमा १५२ सहित प्रदेशमा थप ३४७ मा कोरोना संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ८२ जना पुरुष तथा ७० जना महिला गरी १५२ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार २८० जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३४७ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १५२ सहित म्याग्दीका २१ जना, पर्वतका ३ जना, गोरखाका २४ जना, लमजुङका १४ जना तनहुँका ४७ जना,  स्याङ्जाका ४५ जना र नवलपुरका ४१ जना गरी प्रदेशका ८ जिल्लामा १८० पुरुष तथा १६७ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५० हजार ३०४ पुगेको छ। पछिल्लो २४ घण्टामा ४७३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ४३ हजार ६१९ पुगेको छ ।

गण्डकीमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ८३८ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button