कास्कीमा १४६ सहित प्रदेशमा थप ३८० मा कोरोना संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ७६ जना पुरुष तथा ७० जना महिला गरी १४६ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ३१३  जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३८० जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १४६ सहित म्याग्दीका ७ जना, पर्वतका ८ जना, गोरखाका ३५ जना, लमजुङका १२ जना तनहुँका ६५ जना, बाग्लुङका ११ जना  स्याङ्जाका ५३ जना, मुस्ताङका १ जना र नवलपुरका ४२ जना गरी प्रदेशका १० जिल्लामा २०० पुरुष तथा १८० जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५१  हजार २७ पुगेको छ। पछिल्लो २४ घण्टामा ३६० जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ४४ हजार ८२१ पुगेको छ ।

गण्डकीमा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ८५४ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button