पोखरा आउँदै गरेको स्कारपियो गाडी पहिरोमा परेर चालक घाइते

पोखरा न्यूज । पोखरा आँउदै गरेको स्कारपिओ गाडी आज बिहान १० बजे याम्दीमा पहिरोमा परेर चालक घाइते भएका छन् । पोखरा महानगरपालिका १ स्थित याम्दी जौबारीमा धम्पुसबाट आँउदै गरेको ग ३ च ३३६९ नम्बरको स्कारपियो गाडीमा अचानक सडकमाथिबाट पहिरो आएको हो ।

पहिरो गाडीको दाहिने भागमा पर्दा चालक माछापुच्छ्रे गाउपालिका ७ धम्पुसका २६ वर्षीय अमृत अधिकारी घाइते भएको प्रहरीले जनाएको छ । घाइते अधिकारीको हरिचोकमा रहेको मेडिकलमा उपचार गरिएको र अवस्था सामान्य रहेकाे बताइएकाे छ । गाडीमा ३ जना सवार रहेका पनि प्रहरीले जानकारी दिएको छ ।

घटना पछि खटिएको प्रहरी टोलीले चल्ने अवस्थामा नरहेको गाडी निकालेर अस्थायी प्रहरी पोष्ट जौबारीमा ल्याइ राखेको छ । उक्त सडकमा अहिले कुनै अवरोध नरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button