कास्कीमा ४५ सहित गण्डकीमा थप ११६ मा कोरोना संक्रमण

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा २३ जना पुरुष तथा २२ जना महिला गरी ४५ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

गण्डकी प्रदेशमा थप ११६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ४५ सहित म्याग्दीका ८ जना, पर्वतका ९ जना,  लमजुङका ८ जना तनहुँका १४ जना, बाग्लुङका १० जना  स्याङ्जाका २ जना र नवलपुरका २० जना गरी प्रदेशका ८ जिल्लामा ५४ पुरुष तथा ६२ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५२  हजार ४१४ पुगेको छ।

गण्डकीमा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ८८९ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button