पाेखरातर्फ आउँदै गरेकाे ट्याक्सीसँग बस ठाेक्किदा ४ घाइते

पाेखरा न्यूज । पोखरातर्फ आउँदै गरेको ट्याक्सी र नयाँपुलतर्फ जाँदै गरेको बस आज दिउसो सवा १२ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका ३ काँडेमा एक आपसमा ठक्कर खाँदा चार जना घाइते भएका छन् ।

ग १ ख ८१५५ नम्बरको बस र ध १ ज ४३० नम्बरको ट्याक्सी ठक्कर खाँदा ट्याक्सीका चालकसहित ४ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा ट्याट्याक्सी चालक म्याग्दी जिल्लाको मालिका गाउँपालिका ३ दरवाङका दिवस सुबेदी, रघुगंगा गाउँपालिका १ की मनदेवी खड्का क्षेत्री र छे बहादुर खड्का क्षेत्री तथा बेनी नगरपालिका ९ का किसान खत्री रहेका छन् । उहाँहरुकाे पाेखरास्थित अस्पातालहरुमा उपचार भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

मणिपाल अस्पतालमा उपचार हुँदै गरेकाे सुवेदीको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी क्षेत्रीद्धयको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उहाँहरुको अवस्था मध्यम रहेको छ । अर्का घाइते खत्रीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँको पनि अवस्था मध्यम रहेको जनाइएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नावय उपरीक्षक श्रवण कुमार बि.क.ले दिएको जानकारी अनुसार सवारी साधन र चालकलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button