१२ वर्षीया बालिकालाई बलात्कार गर्ने युवक पक्राउ

पाेखरा न्यूज । दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थायी घर भइ हाल भक्तपुर नगरपालिका– ९ चोखा बस्ने ३२ वर्षीय वसन्त दमाई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।

आरोपी दमाईले कमलविनायकस्थित कोठामा बसिरहेकी १२ वर्षीया बालिकालाई घरमा कोही नभएको मौकामा फकाएर करणी गरेको भनी पीडितकी आमाले दिएको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button