रुपा सुनारविरुद्ध सरस्वती प्रधानले दिइन् उजुरी

पोखरा न्यूज । दलित भएकै कारण कोठा भाडामा नदिएको आरोप लागेकी बबरमहल निवासी सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा रूपा सुनारविरुद्ध उजुरी दिनुभएको छ ।

घरधनी प्रधानले सुनारसँगै कोठा खोज्न आफ्नो घरमा आएका सुष्मा राई र सिर्जना राईलाई पनि विपक्षी बनाई उजुरी दिनुभएको हो । उजुरीमा कोभिड १९ को महामारीमा समयमा सरकारले गरेको निषेधाज्ञा उल्लघंन गरी पिसीआर रिपोर्टबिना माहामारी फैलाउने गरी मानवताविरोधी अपराध गरेको, कोठाको आवश्यकता नै नभएको अवस्थामा आपराधिक कार्यका लागि कोठा खोज्दै हिँडेको र घरबेटीको मञ्जुरीविना फोन रेकर्ड गरेको उजुरीमा छ ।

आयोगका प्रवक्ता डा टीकाराम भट्टराइले सरस्वतीको उजुरी आयोगमा आएको र त्यसबारेमा अध्ययन गरी आयोगले छिट्टै धारणा बनाउने जानकारी दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button