कोपा अमेरिकाको उपाधिको लागि ब्राजिल र अर्जेन्टिना भिड्दै

पोखरा न्यूज । कोपा अमेरिकाको उपधिको लागि ब्राजिल र अर्जेन्टिना भिड्ने भएका छन । सेमिफाइनल चरणमा कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलनमा पुगेको हो भने साविक विजेता ब्राजिलले पेरुलाई पराजित गर्दै फाइनलनमा पुगेको हो।

मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिल उपाधि नजिक पुगेको छ । खेलको ३४औं मिनेटमा  लुकास पाक्वेटाले  गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको छ। निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट निर्णय गरिएको थियो ।

खेलको शुरुवाती ७ औँ लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको ६१ औं मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काए ।

पेनाल्टीमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियनार्दो डेनियल पेरेडेसले गोल गरे भने रोड्रिगो डी पाउलको गोल गर्न गर्न सकेनन् ।

कोलम्बियाका जुआन काउड्राडो र मिगुएल बोरजाले गोल गरे भने  डेभिन्सन साञ्चेज, यारी मिना र इडविन कार्डोनाको प्रयास असफल भए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button