कास्कीसहित प्रदेशका सबै जिल्लामा थप २९५ मा संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ७१ जना पुरुष तथा ८२ जना महिला गरी १५३ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप २९५ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १५३ सहित मनाङका १जना, मुस्ताङका २ जना म्याग्दीका २० जना, पर्वतका ९ जना, गाेरखाका ८ जना लमजुङका ३ जना, तनहुँका २०  जना, बाग्लुङका ११ जना, स्याङ्जाका १७ जना र नवलपुरका ५१ जना गरी प्रदेशका ११ जिल्लामा १४२ पुरुष तथा १५३ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५८ हजार ७९ पुगेको छ। पछिल्लो २४ घण्टामा २१३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५३ हजार ८५२ पुगेको छ ।

गण्डकीमा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ९७६ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button