मोटरसाइकल दुर्घटनामा घाइते युवकको मणिपालमा उपचार हुँदै

पोखरा न्यूज । आज दिउसो सवा १ बजे पर्वतको मोदी गाँउपालिका ५ भ्याप्लेखोलास्थित पोखरा कुश्मा सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भइ सडकमा पल्टिदा एक जना युवक घाइते भएको प्रहरीले जनाएको छ ।

पर्वतको परादीबाट भ्याप्लेखोलातर्फ जाँदै गरेको बा ९७ प ६५७४ नं मोटरसाइकल अनियन्त्रीत भइ सडकमा पल्टिन जाँदा मोटरसाइकलमा पछाडि सवार मोदी ५ बस्ने वर्ष २५ को सन्दिप क्षेत्री घाइते भइ उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइएको छ ।

प्रहरीका अनुसार क्षेत्रीको अवस्था सिरियस छ । प्रहरीले मोटरसाइकल र चालक नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिनु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button