गैर आवासीय नेपाली सङ्घ नेदरल्याण्डमा मिम

तिलु शर्मा पौडेल, दोहा कतार । गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) नेदरल्याण्डको अध्यक्षमा मिम पुर्जा (म्याग्दी) विजयी हुनु भएकाे छ। शनिवार सम्पन्न भएको निर्वाचनमा पुर्जाले २४२ मत प्राप्त गर्नु भएको थियो भने उहाँका प्रत्याशी पदम बहादुर क्षेत्री ( रामचन्द्र) ले १८९ मत प्राप्त गर्नु भएको थियो l

यस्तै आइसीसी सदस्यमा टीकाराम सापकोटा विजयी हुनु भएको छ l सङ्घको आगामी २ सालको एक कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद पोखरेल, उपाध्यक्ष अमिर गुरुङ, खेमलाल सापकोटा, महिला उपाध्यक्षमा सीता सापकोटा, महासचिवमा सीता कुमार क्षेत्री, सचिवमा पेमा लामा, कोषाध्यक्षमा सुशीला बानिया र सह कोषाध्यक्षमा रेखा घिमिरे निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ l

नीरज गुरुङ युवा संयोजक र सञ्जय श्रेष्ठ साउथ होल्याण्ड संयोजकमा निर्वाचित हुनु भएको छ भने कार्यसमितिका सदस्यहरूमा विवेक बास्तोला, बालकृष्ण थापा, दिनेश अर्याल, ज्ञानेन्द्र आले र राम प्रसाद रेग्मी विजयी हुनु भएको छ l यसअघि महिला संयोजकमा चन्दना खड्का र लिम्बर्ग क्षेत्रीय संयोजकमा सुवास पराजुली निर्विरोध विजयी हुनु भएको थियो l

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button