विवेकशील साझा सद्भाव समूह कतारले रक्तदान कार्यक्रम गर्दै

तिलु शर्मा पौडेल, दोहा कतार । विवेकशील साझा सद्भाव समूह राष्ट्रिय समिति कतारले रक्तदानको आयोजना गर्ने भएको छ l समितिका अनुसार यहाँको सरकारी अस्पताल हमाद मेडिकल कर्पोरेसनको रक्तदान केन्द्रसँगको सहकार्य तथा कतारमा रहनुहुने नेपाली समुदाय तथा स्थापित विभिन्न संस्थाहरूको सहभागितामा रक्तदान गर्न लागिएको हाे l

हमाद अस्पतालको ब्लड डोनेसन सेन्टरमा आउँदो शुक्रवार बिहान ८ बजेबाट रक्तदान सुरु हुने र कतारमा रहेका नेपालीको बृहत् सहभागिता रहने अपेक्षा गरिएको संयोजक गणेश कार्कीले पोखरा न्युजलाई जानकारी दिनु भयो l कार्कीले सबै रक्तदाताले सक्कल कतारी परिचय पत्र वा हेल्थ कार्ड वा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) लिएर आउन अनुरोध गर्नु भएको छ l रक्तदाताले अघिल्लो रात प्रशस्त (न्यूनतम ६ घण्टा) सुतेको हुनुपर्नेछ l रक्तदान पूर्व स्वस्थ खाना खाएको हुनुपर्छ अर्थात् भोको पेट रक्तदान गर्न नसकिने समितिले जनाएको छ l

रक्तदाताको उमेर हद १८-६५ वर्ष, न्यूनतम तौल ५० के.जी. हुनुपर्नेछ भने नेपाल लगायत मलेरिया जोखिम मुलुकबाट रक्तदाता कतार प्रवेश गरेको भए ६ महिना पुरा भएको हुनु पर्नेछ। त्यस्तै अघिल्लो पटक रक्तदान गरेको भए २ महिना पुरा भएको हुनुपर्नेछ भने यान्टिबायोटिक तथा अन्य औषधी सेवन नगरेको, पछिल्लो२४ घण्टा भित्र मदिरा पान नगरेको हुनु पर्नेछ। यदि कोभिड सम्बन्धित लक्षण छ वा सङ्क्रमित भएर निको भएको हो भने लक्षणहरू हटेको ३ महिना पुरा भएको हुनु पर्ने समितिले जनाएको छ l विभिन्न स्थानबाट यातायातको निःशुल्क व्यवस्था समेत गरिएको छ l

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button