लमजुङका १ सय ५६ विद्यालयको भवन पुनःनिर्माण सम्पन्न

पोखरा न्यूज । गोरखा भूकम्पले क्षति पुर्याएको लमजुङका १५६ विद्यालय भवन पुनःनिर्माण भएका छन् । विसं २०७२ वैशाख १२ गते शनिबार गएको भूकम्पले क्षति बनाएको १३१ विद्यालयका ती नयाँ भवन बनेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाइ (शिक्षा) लमजुङका प्रमुख अशोक पराजुलीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हालसम्म ९९ प्रतिशत विद्यालय भवन पुनःनिर्माण सम्पन्न भएको छ । ” लमजुङमा ६९ शौचालय पुनःनिर्माण गर्नुपर्नेमध्ये ६८ सम्पन्न भएको छ ।

यसैगरी ३६ खानेपानी धारा पुनःनिर्माण गर्नुपर्नेमध्ये ३४सम्पन्न भएको छ । लमजुङमा विद्यालय भवन, शौचालय र खानेपानी गरी २६८ बनाउनुपर्ने मध्ये २५७ सम्पन्न भएको जनाइएको छ । उहाँले भन्नुभयो, “हामीले जिल्लामा गत आर्थिक वर्षको असार मसान्तसम्ममा सकाउने लक्ष्य राखे पनि बर्खायाममा विभिन्न ठाउँमा भत्किएको बाटो र विद्युत्को समस्याले निर्माण सम्पन्न हुनसकेन । अब आगामी कात्तिक महिनाभित्र सबै काम सम्पन्न गर्नेछौँ । ” आर्थिक वर्ष २०७३/०७४ मा विद्यालय भवन पुनःनिर्माण शुरुआत भएको थियो ।

उक्त आर्थिक वर्षदेखि लमजुङमा पुनःनिर्माण गर्नुपर्ने विद्यालय भवन पाँच वर्ष अवधि रहेको थियो । लमजुङमा कूल ३५२ सामुदायिक विद्यालय रहेकोमध्ये ती विद्यालयका भवनमा भूकम्पले क्षति पुर्या एको थियो । सबै योजना विद्यालय व्यवस्थापन समितिमार्फत पुनःनिर्माण भइरहेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button