एनआरएनए मध्यपूर्व क्षेत्रीय उप संयोजकमा कतारबाट रमेश भट्टकाे उम्मेद्वारी घोषणा

तिलु शर्मा पौडेल, दोहा कतार । एनआरएनए आइसिसी मध्यपूर्व क्षेत्रीय उप संयोजक पदमा (२०२१—२०२३) कतारका सफल व्यवसायी रमेश भट्टले आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको छ । भट्टले एमआरएनए कतारको नव गठित कार्य समितिको पहिलो बैठकबाट आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएकोहो । उहॉको उम्मेद्वारीलाई एनसिसि कतारको समर्थन समेत रहेको छ ।

एनसीसी कतारको स्थापना कालदेखि नै संस्थालाई श्रममैत्री तथा मजदुरमुखी बनाउने अभियानमा उहाँ सक्रिय हुनुहुन्छ । मध्यपूर्वमा रहेका मजदुरहरूका विद्यमान समस्याहरू आइसिसीसँग समन्वय गरी सम्बोधन गर्न सकिने अनुभव सँगालेको र यसलाई सही सदुपयोग गर्नुपर्नेआवश्यकता महसुस गरी एनआरएनको अभियानलाई निरन्तरता दिने सङ्कल्पका साथ उम्मेदवारी घोषणा गरेको उहाँले पोखरा न्यूजलाई बताउनु भयो l

हाल एनआरएनए आइसिसी सदस्य पदमा रहनु भएका भट्ट एनआरएनए कतारको नवौँ राष्ट्रिय महाधिवेशनमा कार्यसमिति चयनसमितिका संयोजक रहनु भएको थियो । उहाँको संयोजकत्वमा कतारमा निर्विरोध कार्यसमिति चयन भएको थियो । उहाँको संयोजनकारी भूमिकाको मध्यपूर्वमै प्रशंसा भएको थियो । उहॉले मध्यपूर्वमा रहेका सम्पूर्ण गैर आवासीय नेपालीहरूमा आफ्नो अभियान र प्रतिबद्धतालाई साकार पार्न साथ, सहयोग र समर्थनका लागि अनुरोध गर्नु भएको छ ।

लामो समयदेखि मध्यपूर्वको कतारमा व्यवसाय गर्दै आउनु भएका भट्ट समाज सेवामा समेत सक्रिय हुनुहुन्छ । उम्मेदवारी घोषणा सँगै उहाँले केही प्रतिबद्धता सार्वजनिक गर्नु भएको छ । यस्तो छ उहाँको प्रतिबद्धताः

सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार:

– वैदेशिक रोजगारीमा कल्याणकारी कोषको वृद्धि र प्रभावकारी कार्यान्वयनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ।

– वैदेशिक रोजगारीमा जानेहरूका लागि जीवन बिमा र सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र प्रभावकारी बनाउन आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्ने ।

– श्रम स्वीकृति, अध्यागमन, भिसा प्रमाणीकरण र म्यानपावरहरूमा देखिएको अनियमितता वा झन्झटिलो प्रक्रियाहरूमा दबाबमूलक र समन्वयकारी भूमिका खेल्ने ।

– मध्यपूर्वका राष्ट्रिय समन्वय परिषद्सँग समन्वयकारी भूमिका खेली सम्बन्धित देशको नियम कानुन भित्र रही श्रमिकहरूकोसमस्याहरू समाधानका लागि विशेष भूमिका निर्वाह गर्ने ।

– मध्यपूर्वका राष्ट्रिय समन्वय परिषद्सँग समन्वय गरी नेपाली भाषा, कला र संस्कृति संरक्षण तथा प्रवर्धनको लागि विशेष भूमिका निर्वाह गर्ने ।

उद्यमशीलता र व्यवसायीकरणमा सहजीकरण: 

– समग्र मध्यपूर्वमा कार्यरत नेपालीहरूलाई प्रमुख केन्द्रबिन्दुमा राखी व्यवसाय तथा उद्यमशीलताका लागि उत्प्रेरित गर्ने र सहजीकरणको भूमिका निर्वाह गर्ने ।

– आइसिसीसँग समन्वय गरी स्वदेशमा लगानीका लागि तथा स्वरोजगारीको व्यवसायीकरणमा समन्वयकारी भूमिका निर्वाह गर्ने ।

– स्वदेशमा लगानीका लागि नेपाल सरकारका प्रावधान, अवसर र लगानीका सुरक्षित क्षेत्रहरूका बारेमा जानकारीमूलककार्यक्रमहरूको संयोजन गर्ने ।

कला, संस्कृति, पर्यटन र व्यापारको प्रवर्धन: 

– नेपाल र नेपालीको पहिचान विश्व भर चिनाउन कला र संस्कृतिलाई महत्त्व दिई समयानुकूल कार्यक्रमहरूको संयोजन गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने ।

– नेपालको आर्थिक विकासमा मध्यपूर्वमा स्थापित राजदूतावास, आइसिसी र एनसीसीसँग समन्वय गरी पर्यटन क्षेत्रको विकासका लागि विदेशी पर्यटकहरूलाई नेपाल भ्रमणमा जान उत्प्रेरित गर्ने कार्यक्रमहरूमा समन्वयकारी भूमिका निर्वाह गर्ने ।

– नेपालमा उत्पादित कृषिजन्य उत्पादनहरूलाई मध्यपूर्वको बजारमा भित्र्याउन सम्बन्धित निकायसँग समन्वय गरी सहजिकरणका लागि भूमिका निर्वाह गर्ने ।

– विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्नका लागि राजदूतावास, आइसिसी र एनसीसीसँग समन्वय गर्दै प्रोत्साहन मूलक कार्यक्रमहरू सञ्चालन गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. कतारको निर्वाचन साह्रै विवादित बनेको थियो। भट्टको सम्योजकत्वमा भएको निर्वाचन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button