कास्कीसहित प्रदेशमा साेमबार कतिमा पुष्टि भयाे काेराेना संक्रमण ?

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप २३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ११४ जना पुरुष तथा ११७ जना महिला गरी २३१ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३३९ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ६५६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका २३१ सहित म्याग्दीका १४ जना, पर्वतका ७ जना, गाेरखाका १६१ जना, लमजुङका १४ जना, तनहुँका ६ जना, बाग्लुङका ९० जना, स्याङ्जाका ५१ जना र नवलपुरका ८२ जना गरी प्रदेशका ९ जिल्लामा २९२ पुरुष तथा ३६४ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७६ हजार ३४२ पुगेको छ। पछिल्लो २४ घण्टामा ६१६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ९७२ पुगेको छ ।

गण्डकीमा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २०२ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button