कास्कीसहित गण्डकीमा २४ घण्टामा कतिलाई पुष्टि भयाे संक्रमण ?

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १४४ जना पुरुष तथा १२५ जना महिला गरी २६९ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २६८ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ५४५ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका २६९ सहित म्याग्दीका १२ जना, पर्वतका २ जना, गाेरखाका ५४ जना, लमजुङका १८ जना, तनहुँका ५६ जना, बाग्लुङका २४ जना, स्याङ्जाका ६७ जना र नवलपुरका ४३ जना गरी प्रदेशका ९ जिल्लामा २६६ पुरुष तथा २७९ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७६ हजार ८८७ पुगेको छ। पछिल्लो २४ घण्टामा ६८८  जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६९ हजार ६६० पुगेको छ ।

गण्डकीमा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २०६ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button