तनहुँ र गोरखा जोड्ने बेलिब्रिज बाढीले बगायो

पोखरा न्यूज। मङ्गलबार राति परेको वर्षाले मस्र्याङ्दी नदीमा बाढी आउँदा तनहुँ र गोरखा जोड्ने पुल बगाएको छ । तनहुँको भानु नगरपालिका–३ तुरतुरे र गोरखाको पालुङटार जोड्ने बेलिब्रिज मस्र्याङ्दी नदीले बगाएको हो ।

व्यास नगरपालिकास्थित छाब्दीदोभानमा जडानका लागि ल्याउन लागिएको बेलिब्रिज बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । उक्त बेलिब्रिज व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दीखोलामा जडानका लागि ल्याउने तयारी भइरहेको थियो । “उक्त पुल फुकालेर व्यासमा ल्याउने तयारी भइरहेको थियो, केही सामग्री ल्याइसकिएको छ, बाँकी रहेका पुलका सामग्री नदीले बगायो,” तिमिल्सिनाले भन्नुभयो ।

गत असार १७ गते आएको बाढीले छाब्दीखोलामा पुल बगाएपछि बेलिब्रिज जडान गर्न काम अगाडि बढाइएको छ तर मस्र्याङ्दी नदीले पुलका सामग्री बगाएपछि काम प्रभावित हुने भएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button