माओवादी केन्द्रको प्रवक्तामा कृष्णबहादुर महरा

पोखरा न्यूज। नेकपा (माओवादी केन्द्र)को प्रवक्तामा कृष्णबहादुर महरा चयन हुनु भएको छ। उहाँलाई प्रवक्तासँगै प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको समेत जिम्मेवारी दिइएको छ ।

यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका नेता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिकोे जिम्मेवारी दिइएको छ। यही भदौ ५ र ६ गते बसेको केन्द्रीयसमिति बैठकबाट सो पार्टीले केन्द्रीय विभाग, प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय, सम्पर्कजस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

बैठकको निर्णयानुसार प्रदेश नं १ को इञ्चार्जमा सुरेन्द्र कार्की (राम कार्की), प्रदेश नं २ को इञ्चार्जमा गणेश शाह, वाग्मतीको इञ्चार्जमा हितमान शाक्य, गण्डकीको इञ्चार्जमा हितराज पाण्डे, लुम्बिनीको इञ्चार्जमा चक्रपाणि खनाल, कर्णालीको इञ्चार्जमा शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा खगराज भट्टलाई तोकिएको छ ।

यसैगरी, विशेष समितिको इञ्चार्जमा लीलामणि पोखरेल, सम्पर्क समन्वय समितिको इञ्चार्जमा डिलाराम आचार्यलाई तोकिइएको छ भने पार्टी स्कुल विभागको इञ्चार्ज अध्यक्ष पुष्पकमल दाहाल आफैले राखेका छन्। पार्टीको शक्तिशाली विभागका रुपमा रहेको सङ्गठन विभागको प्रमुखमा जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ ।

यस्तै, नेता देव गुरुङलाई सङ्घीय संसदीय विभाग प्रमुख, वर्षमान पुनलाई अर्थ तथा योजना विभाग प्रमुख र केन्द्रीय कार्यालय इञ्चार्जमा मातृका यादव, उपभोक्ता हित तथा आपूर्ति विभाग हरिबोल गजुरेल, कृषि तथा भूमिसुधार विभाग लीलामणि पोखरेल, जलस्रोत सिँचाइ तथा ऊर्जा विभाग प्रमुख र विदेश मामला विभागमा सुरेन्द्र कार्कीलगायतले जिम्मेवारी पाएका छन् । रासस

ad

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button