ट्रक र टिपर ठोक्किँदा ३५ जना घाइते

पोखरा न्यूज। धादिङको जिल्ला सदरमुकाम धादिङबेसी नजिकै भएको मिनी ट्रक दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ ।

सोमबार बिहान साढे ९ बजेको समयमा भएको दुर्घटनामा परी ३५ जना घाइते भएका थिए । जसमध्ये १६ जनाको अवस्था गम्भीर रहेको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेनाले जानकारी दिए। गम्भीर घाइते मध्ये १२ जनालाई जिल्ला अस्पतालमा सामान्य उपचार पछि एम्बुलेन्समार्फत काठमाडौं पठाइएको उनले बताए ।

ज्वालामुखी गाउँपालिका-५ खरीबाट धादिङबेसी आउँदै गरेको मिनी ट्रक ब्रेक फेल हुँदा अनियन्त्रित भएर रोकीराखेको बा ३ ख ५७४४ नम्बरको टिपरमाा ठोक्किँदा दुर्घटना भएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button