अहिलेका नेताबाट देश विकासको आशा गर्न सकिन्नः निखिल उप्रेती

पाेखरा न्यूज । अभिनेता निखिल उप्रेतीले देशलाई प्रेम गर्न सम्पूर्ण नेपाली नागरिकमा आह्वान गर्नु भएकाे छ । हिन्दुराष्ट्र र राजसंस्था पक्षधर एकीकृत शक्ति नेपाल घोषणा समारोहलाई सम्बोधन गर्दै उप्रेतीले देशमाथि घात गर्ने दुश्मनहरुको प्रतिकार गर्न अपिल गर्नु भएकाे हाे ।

नकारात्मक शक्ति बढ्दै जाँदा नेपालको राजनीति आजको अवस्थामा पुगेको उप्रेतीको भनाइ थियो ।

‘आज राजनीति गर्ने ती नेताहरु कोठा कोठामा पार्टीको घोषणा भइरहेको छ । तर मिल्न सक्ने क्षमता साहस धेरै कमले देखाउन सक्छ । जब देश विरामी हुँदा देशको उपचारका लागि मिल्न सक्दैनौ भने ती काल्पनिक र कल्पनामा रहेका पार्टी र मोर्चाहहरुले भोलि के गर्न सक्लान?’ उहाँले प्रश्न गर्नुभएकाे छ, ‘तिनीहरु कसरी फरक हुन सक्छ कि अहिले देशमा वरिष्ठ नेताका नाममा चिनिएकाहरु वक्तव्य पल्टाएर हेरौं । आफ्नै पार्टीभित्रको विभाजन, कार्यकर्ताभित्रको तिक्तता र देशभित्र उनीहरुले जानेको एउटै खुबी हो आफू आफूमै वैमनश्यता।’

उप्रेतीले नेपालका पार्टीहहरु कुनै पनि फरक नभएको तर्क गर्नुभएकाे छ । ‘यी सबै पार्टीहरु कुनै अलग अलग पार्टी होइन । हामी वर्षौदेखि भ्रममा रहिरह्यौ । यो पार्टी त्यो पार्टी भनियो । तर यिनीहरु अलग पार्टी होइनन् । जब एउटा विरामी र दोस्रो विरामीको गुण उस्तै छ भने त्यसलाई अर्को विरामीमा लिन मिल्दैन । घोषणापत्र बोर्डमा राख्दैमा राम्रो र नराम्रो पार्टी छुटिन्छ भन्ने भ्रम हो,’ उहाँ भन्नु हुन्छ ।

उहाँले नेताहरुकै कारण देश बन्न नसकेको पनि तर्क गर्नुभएकाे छ । ‘यिनीहरुले कहिले पनि देशलाई शान्त तुल्याउन सक्दैनन् । जब देशमा शान्ति छाउँछ उनीहरुको केही चल्दैन । हामी पनि उनीहरुकै पछि लाग्यौ । किन लाग्यौ रु कि बनेन नेपाल रु धेरै कमले महसुस गरेका छन् । देशका लागि राम्रो गर्नेलाई हामी घर बसेर गाली गर्न थाल्छौं । आफ्नो स्वार्थ हेर्छौं । फेरि चुनाव हुँदैछ । यस्ता व्यक्तिहरुलाई फेरि भोट दिने ?’ उहाँ प्रश्न गर्नुहुन्छ ।

अहिलेका नेताहरुबाट देश विकासको आशा गर्न नसकिने उहाँको भनाइ थियो । ‘यी व्यक्तिहरुले फेरि देश विकास गर्छन् के आशा होला रु आफ्नो भावी सन्ततिको माया छ भने यिनीहरुको खुलेर प्रतिकार गरौं । नत्र भने हामीले बच्चा जन्माएर सिर्फ विदेशी पठाउनका लागि हुनेछ । हामीलाई यो भूमिले जन्माएको हो । यो भूमिको डिमान्ड हो । सजिलै अरु ठाउँ जान बनाउने होइन,’ उहाँ भन्नुहुन्छ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button