खोलाले बगाएको बलेरोजिपबाट तनहुँमा ६ जनाकाे सकुशल उद्दार

पाेखरा न्यूज । शुक्रबार बिहान तनहुँमा खोलाले बगाएको बलेरोजिपबाट ६ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ ।

तनहुँको भिमाद नगरपालिका ६ मालेबगर स्थित बुढा खोलाको बाढीले घिरिङबाट भिमादतर्फ आउदै गरेको ग १ च ५१९० नंको बलेरोजीप खोला तर्ने क्रममा बिहान अन्दाजी ७ बजेकाे समयमा बगाएको थियो ।

इलाका प्रहरी कार्यालय भिमाद तनहुँबाट प्रहरी नायव निरिक्षक सुरज सदा शंकरको कमाण्डमा खटिएको ७ जनाको टोलीले जीपमा सवार १ जना महिला, ४ जना पुरुष र १ जना बालकसहित ६ जनाको सकुशल गरेको हो । प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएका छैन ।

उक्त जीप घट्नास्थलमानै रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button