कास्कीसहित प्रदेशमा आइतबार कतिमा पुष्टि भयाे काेराेना ?

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १६ जना पुरुष तथा २३ जना महिला गरी ३९ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९०४  जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ९२ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ३९ सहित म्याग्दीका ७ जना, पर्वतका ५ जना,  लमजुङका १७ जना, तनहुँका ५ जना, बाग्लुङका १० जना, स्याङ्जाका ९ जना गरी प्रदेशका ७ जिल्लामा ४५ पुरुष तथा ४७ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४२९ पुगेको छ। पछिल्लो २४ घण्टामा ३२८ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७८ हजार ७०७ पुगेको छ ।

गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३१२ पुगेको छ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button