शाहरुख र सलमानलाई मिल्ने कथा र झेल्ने निर्माता चाहियाे

पाेखरा न्यूज । बलिउडमा शाहरुख खान र सलमान खानको चर्चा निकै हुने गर्छ । जब यी दुई कुनै इभेन्टका लागि सँगै हुन्छन्, व्यापक गसिप र चर्चा हुन्छ ।

पछिल्लो समय सलमानले शाहरुखलाई सहयोग गरिरहनु भएकाे छ। केही समय अगाडि कट्रिना कैफको जन्मोत्सव मनाउने क्रममा दुश्मनी साँधेका यिनले पछिल्लो समय संघर्ष समयको मित्रतालाई अपनाइसक्नु भएकाे छ । शाहरुख अभिनित तथा निर्मित फिल्म ‘जिरो’ मा सलमान देखिनु भयाे । त्यसअगाडि सलमानको ‘ट्युबलाइट’ मा शाहरुख देखिनु भएकाे थियाे ।

पछिल्लो समय शाहरुखको फिल्म ‘पठान’ मा सलमान टाइगर अवतारमा प्रस्तुत हुँदैहुनुहुन्छ । यद्यपि दर्शकले यी दुईलाई समानान्तर रुपमा हेर्ने चाहना भने अझै पूरा हुन सकेको छैन । यी दुईले करण अर्जुन, कुछ कुछ होता है र हम तुम्हारे है सनम जस्ता फिल्ममा सँगै काम गर्नु भएकाे छ । सन् २००२ मा सँगै देखिएको सलमान र शाहरुखको जोडीलाई दर्शकले देख्न नपाएको झन्डै दुई दशक भइसकेको छ ।

एक इभेन्टमा सलमानलाई शाहरुखसँग देखिने बारे प्रश्न गर्दा उहाँले कथा नभएको बताउनु भयाे । ‘मलाई र शाहरुखलाई सँगै अभिनय गराउने निर्माता नै छैनन्,’ उहाँले भन्नु भयाे, ‘हामीलाई हुने कथा चाहियो अनि झेल्ने निर्माता ।’ उहाँले आफूहरु फिल्ममा एकसाथ नदेखिए पनि केमियो भूमिकामा भने आउने जनाउनु भयाे । यशराज ब्यानरले निर्माण गरिरहेको टाइगर फ्रेन्चाइजमा शाहरुख पनि देखिनु हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button