१५ रनमै कुशल भुर्तेल आउट

पाेखरा न्यूज । पपुवा न्युगिनीविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालले पहिलो विकेट गुमाएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा १३५ रनको टार्गेट पाएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४६ रनमा पहिलो विकेट गुमाएको हो ।

नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई १५ रनमा गुमाएको छ । २८ बलमा २ चौका प्रहार गर्नुभएका कुशललाई चाद सुपरले एलबिडब्लु आउट गर्नुभएकाे हाे ।

नेपालको तेस्रो ब्याटिङका रुपमा कप्तान ज्ञानेन्द्र मल्ल आउनु भएकाे छ । यसअघि टस जितेर ब्याटिङ रोजेको पपुवा न्युगिनी ३३ ओभरमा अल आउट हुँदै १३४ रनमा समेटिएको थियो ।

पिएनजीका लेगा सियकाले सर्वाधिक ३० रन बनाउनु भयाे । उहाँले ३८ बलमा सो रन बनाउनु भएकाे हाे । यस्तै कार्लेस अमिनीले २३ रन बनाउँदा गाउदी टोकाले २२ रन बनाउनु भयाे । चाड सोपरले १७ रन बनाउँदा विकेट किपरसमेत रहनु भएका किल्पिन डोरिगाले १४ रन बनाउनु भयाे भने सेसे बाउले १४ रन जोड्नु भएकाे थियाे ।

पिएनजीलाई सस्तोमै समेट्ने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिनु भएकाे थियाे । यस्तै कुशल मल्ल र डेब्यु खेलाडी बिक्रम सोबले दुई तथा सोमपाल कामीले एक विकेट लिनु भएकाे थियाे  ।

१० ओभर बलिङ गरेका सन्दीपले ३५ रन खर्चनु भएकाे थियाे । यस्तै डेब्यु गर्नु भएका तीव्र गतिका बलर बिक्रम सोबले ५ ओभर बलिङ गर्दा २० रन खर्चेर १ मेडन सहित २ विकेट लिनु भयाे । यता, कुशल मल्लले ७ ओभर बलिङ गर्दै २ विकेट लिएर १९ रन खर्चिदा १ मेडन राख्नु भयाे । ७ ओभर बलिङ गर्नु भएका सोमपालले ३७ रन खर्चेर १ विकेट लिनु भएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button