लघु चलचित्र ‘आधा लाहुरे’को फस्ट लुक सार्वजनिक

राजाराम पौडेल । लघु चलचित्र ‘आधा लाहुरे’ को फस्ट लुक सार्वजनिक भएको छ । खुश बहादुर गुरुङले निर्देशन गरेको यो चलचित्रको कथा मनोज गुरुङले लेख्नु भएको हो । चलचित्रमा विश्वात्मा गुरुङ, खुशी गुरुङ, गजेन्द्र गुरुङ, कुविन गुरुङ, खुशबहादुर गुरुङको अभिनय हेर्न पाइन्छ ।

साजन गुरुङको सहनिर्देशनमा तयार भएको चलचित्रको छायांकन निकोलस गुरुङ, सम्पादन सन्तोष कोन्मे र भगत गुरुङले गर्नुभएको हो । श्रृंगारको जिम्मेवारी राजकुमार गुरुङ तथा व्यवस्थापनको जिम्मेवारी रमेश गुरुङले पुरा गर्नुभएको छ । चलचित्र गुरुङ फिल्म एशोसिएशन नेपाल जिफानको प्रस्तुतिमा तयार भएको हो ।

कोरोना कहरका कारण समस्यामा परेका गुरुङ फिल्मकर्मीलाई क्रियाशील बनाउनको लागि जिफानले प्याकेज ल्याएको थियो । जुन प्याकेजबाट ‘आधा लाहुरे’ सहित ७ वटा लघु चलचित्र निर्माण गरिएको छ ।

अप्ठ्यारोमा परेका फिल्मकर्मीलाई खाद्यान्न सामाग्री सहयोग गर्नुभन्दा केही रचनात्मक कार्य गरेर उनीहरुलाई सहयोग गर्नुपर्छ भन्ने उद्धेश्यले यो प्याकेज आएको थियो । सोही प्याकेजमा रहेर ७ वटा लघुचलचित्र निर्माण भएको जिफानका अध्यक्ष भोजबहादुर गुरुङले बताउनुभयो ।

यसरी निर्माण गरिएका लघुचलचित्र गुरुङ चलचित्र महोत्सव पोखरा, अमेरिका, काठमाण्डौ, सिड्नी लगायतका देश तथा विदेशका ठाउँमा प्रदर्शन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । वर्षैपिच्छे गुरुङ चलचित्रको फेस्टिभल गर्दै जाने जिफानको उद्धेश्य रहेको समेत जिफान अध्यक्ष गुरुङको भनाई छ ।

निर्माण भएका लघु चलचित्रमा राजेश गुरुङ र नौजंग गुरुङको निर्देशनमा ‘खुसबा’, माओत्सेतुङ गुरुङको निर्देशनमा ‘आप्पा’, आइतराम गुरुङको निर्देशनमा ‘स्याइ स्याइ’, जनक गुरुङ निर्देशनमा ‘धने’, गुञ्ज बहादुर गुरुङ र राजु गुरुङ निर्देशनमा ‘पहिचान’ र सोमबहादुर गुरुङ तथा लबसन गुरुङको निर्देशनमा ‘विच्छेद’ रहेका छन् । ७ वटै चलचित्रले गुरुङ भाषा संस्कृति रीतिरिवाज परम्परालाई चलचित्र मार्फत देखाउने प्रयास गरेका छन् ।

चलचित्र निर्माण एवं छनोट समितिका संयोजकमा माओत्से गुरुङ रहनुभएको थियो । जसको सदस्य सचिव कृष्ण कुमार गुरुङ तथा सदस्यमा वेद बहादुर गुरुङ, भोजबहादुर गुरुङ र प्रितम गुरुङ रहनुभएको थियो ।

अब यी चलचित्रहरु नेपाल लगायत विश्वका विभिन्न देशहरुमा प्रतिनिधि मुलुक रुपमा प्रर्दशन गरिनेछ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button