पोखरा वितरण केन्द्रका सम्पूर्ण क्षेत्रमा विधुत सेवा अवरुद्ध !

पाेखरा न्यूज । पाेखराकाे कुडहर सवस्टेशनमा रहेकाे ब्रेकरमा समस्या हुँदा पाेखरा क्षेत्रमा विधुत वितरण केही समय अवरुद्ध हुने विधुत प्राधिकरणले जनाएकाे छ ।

विधुत प्राधिकरणकाे पाेखरा वितरण केन्द्रले साेमबार दिउसाे एक सूचना जारी गरेर यसबारे उपभाेक्तालाई जानकारी गराएकाे हाे ।

‘१३३/११ के.भि. कुडहर सवस्टेसनमा रहेको ब्रेकरमा समस्या आएको हुँदा पोखरा बितरण केन्द्र अन्तर्गत बितरित सम्पुर्ण क्षेत्रमा बिधुत सेवा अबरुद्ध रहेको हुदा मर्मत कार्य सम्पन्न नहुन्जेलसम्म धैर्य गरिदिन हुन अनुरोध गरिन्छ । मर्मत कार्य सम्पन्न हुन १-२ घन्टासम्म पनि लाग्न सक्ने ब्यहोरा जानकारी गराउँदछौ।’, सूचनामा उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button