मोबाइल बैंकिङ सेवाबाट पैसा चोरी भएकाे भन्दै बैंक र प्रहरीमा उजुरी

पाेखरा न्यूज । आफ्नो बैंक खाताबाट अवैध रुपमा रकम निकालिएको भन्दै ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमकी मञ्जिता मावो लिम्बूले  सम्बन्धित् बैंक र प्रहरी कार्यालयमा उजुरी दिनु भएकाेछ । आफूलाई जानकारी नै नभई मोवाइल बैंकिङ सेवाबाट आफ्नो खाताको रकम निकालिएको भन्दै उहाँले खोजीका लागि प्रभु बैंकको फुङ्लिङ शाखा र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनुभएकाे हाे।

विदेशबाट श्रीमानले पठाएको पैसा झिक्न जाँखा बैंक खातामा रकम नदेखिएपछि उहाँले बैंक खाता रहेको फुङलिङ शाखा र प्रहरी कार्यालयमा निवेदन दिनु भएकाे हाे । आफूले मोबाइल बैंकिङ सेवा लिए पनि चेकमार्फत नै रकम झिक्दै आएको बताउने मञ्जिताले अवैध रुपपमा मोबाइल बैंकिङमार्फत आफ्नो रकम झिकिएको बताउनु भएकाे छ ।

मोबाइल बैंकिङ सेवा लिए पनि चलाउन नजानेकाले चेकमार्फत नै रकम झिक्ने गरेको बताउने उहाँको खाताबाट ९८४६९२५४२८ नम्बरको मोबाइलबाट मोवाइल बैंकिङ सेवा प्रयोग गरी पटक पटक गरेर एक लाख ६३ हजार नौ सय ३० रुपैँयाँ ट्रान्सफर भएको छ ।

खाताबाट यसअघि मञ्जिताले दुईपटक चेकमार्फत पैसा झिक्नुभएकाे छ । तर, मोबाइल बैंकिङमार्फत रकम झिकिएपछि खोजी गरी आफ्नो पैसा फिर्ता दिलाइनदिन माग गर्दै उहाँले बैंक र प्रहरीसमक्ष निवेदन दिनु भएकाे हाे ।

मञ्जिताका अनुसार विदेशमा रहनु भएका श्रीमानले १७ भदौ २०७८ मा एक लाख ६३ हजार नौ सय ३० रुपैंया पठाइदिनु भएकाे थियाे । सो रकम झिक्न उहाँ १९ भदौमा बैंक पुग्नुभयाे । तर, खातामा शून्य मौजाद देखियो ।

‘उहाँको मोबाइल बैंकिङ सेवाबाट विभिन्न बैंकहरूमा रकम ट्रान्सफर भएको अभिलेख देखिन्छ’, प्रभु बैंकका फुङलिङ शाखा प्रवन्धक खगेन्द्र न्यौपाने भन्नुहुन्छ, ‘तर, उहाँले आफूले मोबाइल बैंकिङ सेवा चलाउँदै नचलाएको र चलाउन नै जान्दिन भन्नु भएकोले प्राप्त निवेदनका आधारमा ग्राहकको रकम कसरी ट्रान्सफर भयो भनेर खोजिरहेका छौं ।’ मञ्जिताको रकम अवैध रुपमा झिकिनुमा बैंकको दोष नरहेको उहाँको दाबी छ ।

प्रभु बैंकका अनुसार ५० हजार र १३ हजार ५ सय गरी नेपाल ६३ हजार ५ सय रुपैंया नेपाल बैंक लिमिटेडको गुल्मी शाखामा खातावाल रहेका तेजबहादुर थापाको खातामा ट्रान्सफर भएको देखिन्छ । काँकी एक लाख भने दुई पटक ५०–५० हजार रुपैंया गरी दाङ बस्ने सपना केसीको गरिमा विकास बैंकको खातामा ट्रान्सफर भएको देखिन्छ । एक बैंकबाट अर्को बैंकमा रकम पाउँदा लाग्ने शुल्क समेत मञ्जिताको खाताबाट कट्टा भएको बैंकको अभिलेखमा देखिन्छ ।

अन्तिममा यो रकम फेरि कामना सेवा विकास बैंकको एमटीएम प्रयोग गरेर निकालिएको अवस्थाको जानकारी आफूलाई आएको र खोजिकार्य जारी रहेको प्रभु बैंकका शाखा प्रवन्धक न्यौपानेले बताउनु भएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button