बलिउडमा पारिश्रमिक विवाद, करिनाको स्थानमा कंगना

पाेखरा न्यूज । पछिल्लो समय बलिउडमा पारिश्रमिकको विषयमा चर्चा हुन थालेको छ । यसअघि यस किसिमको चर्चा नभएको होइन, तर यसपटक भने एकपछि अर्काे कलाकारले पारिश्रमिकको विषयलाई बुलन्द बनाइरहेका छन् । फिल्ममा हिरोको तुलनामा पारिश्रमिक निकै कम हुने भएकाले हिरोइनहरूले यसपटक आफ्नो आवाजलाई बुलन्द बनाइरहनु भएकाे छ ।

विशेषत् स्टार कलाकारहरूको फिल्ममा यस्तो हुने गर्छ । सलमान खान, शाहरूख खान, आमीर खान, अक्षय कुमार, अजय देवगन लगायतको फिल्ममा हिरोइनले पाउने पारिश्रमिक निकै कम हुने गरेको छ । हिरो बराबर नै काम गर्ने भए पनि हिरोइनको पैसा किन कम ? भन्दै बेलाबखतमा भइरहने विद्रोहलाई यस पटक करिना कपुर खानका कारण चर्किएको छ ।

एक फिल्ममा लागि १२ करोड भारतीय रुपैयाँ माग राखेका कारण करिना निकालिनुपरेपछि पारिश्रमिकसम्बन्धी बहस चर्किएको छ । करिनाको पारिश्रमिकको विषयमा तास्पी पन्नु, सोनाम कपुरले साथ दिनु भएकाे छ । उहाँले पनि हिरोको तुलनामा हिरोइनले निकै कम पारिश्रमिक पाउने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएकाे छ ।

‘बलिउडमा हुने पे ग्याप हास्यास्पद छ । म परम्पराको खिलाफमा छु । यसरी बोल्दा मैले फिल्म पाउँदिन भने पनि मलाई केही मतलब छैन ’ सोनामले एक भारतीय पत्रिकासँग भन्नुभएकाे छ ।

एसएस राजमौलीका पिता केवी विज्येन्द्र प्रसादको फिल्म ’सीता’ मा करिनाले १२ करोड पारिश्रमिक मागेपछि बलिउडमा पारिश्रमिक बहस सृजना भएको हो । तर सीतामा करीनालाई नराखेर कंगनालाई लिइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button