गण्डकीको प्रवेशद्वार पुलजिपमा स्वास्थ्य निगरानी केन्द्र

पाेखरा न्यूज । गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनी गाउँपालिका-४ पुलजिपमा स्वास्थ्य प्रबद्र्धन तथा निगरानी केन्द्र सञ्चालनमा ल्याइएको छ । गण्डकी प्रदेश सरकार र आँबुखैरेनी गाउँपालिकाको सहकार्यमा शुक्रबारदेखि केन्द्र सञ्चालनमा ल्याइएको हो ।

मुग्लिनको पुलनजिकै अस्थायी संरचना बनाएर स्वास्थ्य प्रबद्र्धन तथा निगरानी केन्द्र सञ्चालन गरिएको छ । जहाँ हेल्थ असिस्टेनको नेतृत्वमा तीनजना स्वास्थ्यकर्मी खटाइएको छ ।

केन्द्रले सवारीमार्फत गण्डकी प्रदेश भित्रिने यात्रुलाई स्वास्थ्यसँग सम्बन्धित जानकारी र चेतनामूलक सन्देश प्रदेशभर प्रवाह गर्ने स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिमबहादुर खड्काले बताउनु भएकाे छ । ‘यहाँबाट सन्देश प्रवाह हुँदा छिटो ठाउँठाउँमा पुग्छ । यात्रुले स्वास्थ्यको मापदण्ड पालना गरेका छन् कि छैनन् अनुगमनसमेत हुन्छ । यसले महामरी नियन्त्रणमा सघाउनेछ’, उहाँले भन्नुभएकाे छ । एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न चाहालाई केन्द्रले गरिदिने उहाँको भनाइ छ ।

केन्द्रबाट स्वास्थ्य प्रबद्र्धनको र निगरानी बढाउने काम हुने खड्काले जानकारी दिनुभएकाे छ । आँबुखैरेनी पुलजिपमा सञ्चालनमा ल्याइएको स्वास्थ्य प्रबद्र्धन तथा निगरानी केन्द्र गण्डकी प्रदेशमै पहिलो हो । यहाँको सिकाइबाट नवलपुरको दाउन्ने र स्याङ्जाको राम्दीमा पनि केन्द्र सञ्चालन गर्ने तयारी छ ।

केन्द्रको गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङले उद्घाटन गर्नुभएकाे हाे । केन्द्रले स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण काम गर्ने उहाँको दाबी छ । महामारीबाट गण्डकी प्रदेशवासीलाई सुरक्षित स्वास्थ्य प्रबद्र्धन तथा निगरानी केन्द्रले भूमिका खेल्ने उहाँले बताउनु भएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button