नेपाली बालिका बलात्कार गर्ने अभियुक्तलाई भारतमा फाँसी

पाेखरा न्यूज । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा नेपाली बालिकामाथि बलात्कार गर्ने एक जनालाई भारतको अदालतले फाँसीको सजाय सुनाएको छ ।

चार बर्षीया सौतेली बहिनीलाई बलात्कार गरेको आरोपमा पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ बर्षीय एक पुरुषलाई ३ अप्रिल २०२१ मा पक्राउ गरेको भारतीय पत्रिका अमर उजालाले लेखेको छ ।

गाउँमा बुवाआमाको मृत्युपछि सौतेली बहिनी दाइसँग पिथौरागढमा बस्दै आएको बताइएको छ । पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घटनाको जाँच गरि अदालतमा आरोप पत्र दर्ता गरेका थिए ।

प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा. ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले शुक्रबार आरोपीलाई फाँसीको सजाय सुनाएको हो ।

भारतीय अपराध दण्ड संहिताको धारा ३७६ ए र बी अनुसार उक्त सजाय सुनाइएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button