असोज १५ र १६ मा नवौँ फुड कन्फरेन्स हुने, यसरी रजिस्टर गरेर सहभागी हुन् सकिने

पोखरा न्यूज । खाद्य विज्ञान र प्रविधिको नवौँ सम्मेलन (फुड कन्फरेन्स) काठमाडौँमा हुने भएको छ ।

नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक सङ्घको संयोजकत्वमा विगत ९ वर्षदेखि वार्षिक रूपमा हुँदै आएको फुड कन्फरेन्स असोज १५ र १६ गते काठमाडौँ नयाँ बानेश्वर स्थित एभरेस्ट होटलमा हुने भएको हो।

गत वर्ष कोरोना भाइरसको महामारीका कारण रोकिएको कार्यक्रम यो वर्ष बलियो नेपाल तथा पोषण अभियान कार्यक्रमको समेत संलग्नतामा हुन् लागेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले जानकारी दिनुभयो ।

स्वस्थकर जीवनशैलीका लागि खाद्यान्नको गुण अत्यन्त महत्त्वपूर्ण रहेको र यसका लागि उपभोक्तादेखि उत्पादक अनि शोधकर्ताहरू सबै जनाको साझा बुझाई रहनुपर्ने उल्लेख गर्दै महानिर्देशक रायले नेपाली खाद्य सुरक्षा र खाद्य गुणस्तरबारे जानकारी दिँदै जनचेतना अभियान सञ्चालन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

विशेषज्ञदेखि विद्यार्थीहरू, व्यवसायी, शोधकर्ता,प्रयोगकर्ताहरू समेतको सहभागीमा आयोजना हुने राष्ट्रिय खाद्य सम्मेलनमा प्रविधिमार्फत नेपाल अधिराज्यको कुनै पनि कुनामा रहेका विद्यार्थीहरूले सहजै रजिस्टर गरेर सहभागिता जनाउन सकिने आयोजकले जनाएको छ ।

नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, केन्द्रीय प्रविधि क्याम्पस धरान, बलियो नेपाल पोषण कार्यक्रम , र वाइपी यार्ड एसिया प्यासिफिक को संयुक्त आयोजनामा कार्यक्रम हुन् लागेको हो ।

रजिस्टर गर्न यहाँ क्लिक गर्नुहोस्

भिडियो लिंक

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button