स्याङ्जामा राेकेकाे ट्याक्टर अकस्मात गुड्दा एकको मृत्यु

पाेखरा न्यूज ।  स्याङजाकाे आधीखोला गाउँपालिका-५ बरको बोटस्थित सडकमा ग.१ त ३१७८ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्रीकाे मृत्यु भएकाे छ ।

ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीया माया बिकको बिहीबार साँझ मृत्यु भएको हाे ।

सडकमा रोकी राखेको उक्त ट्याक्टर आफै गुडेर ठक्कर दिँदा गम्भीर घाइते भएकी बिकको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button