फिल्म ‘चोर र पुलिस’को टिजर सार्वजनिक

पाेखरा न्यूज । तिहारको अवसर पारेर प्रदर्शन गर्न लागिएको फिल्म ‘चोर र पुलिस’ को टिजर शुक्रबार सार्वजनिक गरिएको छ । आरएल मोक्तानको निर्देशनमा बनेको फिल्म १७ कात्तिकमा देशभरका हलमा प्रदर्शन हुने वितरक आरआर फिल्मस्का रोहित कट्टेलले जानकारी दिनुभएकाे छ ।

कोरोनाका कारण लामो समय बन्द रहेका सिनेमा हल दशैँको छेकोमा सञ्चालन आउने भएपछि निर्माताहरुले आफ्नो फिल्म प्रदर्शनको मिति तोक्न थालेका छन् । सोही सन्दर्भमा तिहारका लागि ‘चोर र पुलिस’ तयार गरिएको निर्देशक आरएलले बताउनु भएकाे छ ।

मान्छेले नचाहँदा नचाहँदै पनि चोर बन्नुपर्ने परिस्थितिलाई रोचक रुपमा प्रस्तुत गरिएको बताइने फिल्ममा धिरेन शाक्य, राजेन्द्र खड्की, बुद्धि तामाङ, जयनन्द लामा, जयकिशन बस्नेत, रबि गिरी, सोभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राया, सुलेमान शंकर इकु, अर्जुन गुरुङ, सुभाष गजुरेल, शारदा गिरी, रश्मी भट्ट, रेशम फिरिरी, मदन ताम्राकार, आरएल लामा, सुशान्त राई (भाले डन) लगायतको अभिनय छ ।

आर सोनाम मोक्तान र लंका माया मोक्तान निर्माता रहेको फिल्मको सहनिर्मातामा करणबहादुर बिष्ट हुनुहुन्छ । खड्क लामा मोक्तानको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा जीवन लामा हुनुहुन्छ । निर्देशक आरएल कोरोनाका कारण ठप्प रहेको नेपाली फिल्म उद्योगलाई आफ्नो फिल्मले थोरै भए पनि राहत दिन सक्ने विश्वास ब्यक्त गर्दै सबैको साथ सहयोग पाउने आशा राखेको बताउनु हुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button