‘सरदार उधम’ को ट्रेलरले बिक्की कौशलको तारिफ

पाेखरा न्यूज । बलिउड अभिनेता बिक्की कौशल अहिले चर्चामा हुनुहुन्छ। अब्बल अभिनयका कारण पछिल्लो समय दर्शकको रोजाइमा पर्दै गइरहनुभएका बिक्कीलाई अहिले चर्चामा ल्याएको हो, उहाँको नयाँ फिल्म ‘सरदार उधम’ को ट्रेलरले ।

भारतका क्रान्तिकारी सरदार उधम सिंहको जीवनीलाई पर्दामा उतारिएको फिल्मको केही दिनअघि ट्रेलर सार्वजनिक भएको थियो । ट्रेलर अहिले निकै हिट भइरहेको छ । ट्रेलरबाट अभिनेता कौशलले निकै तारिफ पाउनु भएकाे छ । सुजीत सरकारले निर्देशन गरेको फिल्म १६ अक्टोबरमा प्रदर्शन हुँदैछ । कौशल अहिले यही फिल्मको प्रमोशनमा व्यस्त हुनुहुन्छ ।

फिल्ममा बिक्कीका साथमा बनिता सन्धु, अमोल परासर, कृष्टि एर्भटोनलगायतका कलाकारकाे अभिनय छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button